Kathmandu Press

पाल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

पाल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

काठमाडौं, पुस १८ : पाल्पाको रिब्दिकोट गाउँपालिका–२ मा मलामी बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ। बुटवलबाट मलामी लिएर आएको लु २ ख ७२७९ नम्बरको बस सडकबाट करिब ७० मिटर तल खसेर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो। 

दुर्घटनामा परी घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। मृतकमध्य तीन जनाको सनाखत भएको र बाँकीको सनाखत गर्ने प्रकृया चलिरहेको जिल्ला पाल्पाका डिएसपी रामेश्वर त्वाँतीले जानकारी दिएका छन् । 

मृतकहरुमा बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका लालबहादुर विक, पशुपती रसाईली र विजय थापा क्षेत्री रहेका छन्। बसमा ३६ जना सवार रहेको बताइएको छ। उनीहरु बुटवल–११ बुद्धनगरका बीरबहादुर विकको शव अन्त्यष्टी गर्न गएका थिए। 

दुर्घटनामा परी ८ जना घाइते भएको र उनीहरुको मिसन अस्पताल पाल्पा र लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

 

प्रकाशित मिति: १४:५८ बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्