टुंगाे लाग्याे प्रस्तावित केन्द्रीय कमिटी, अनुमाेदनका लागि प्रचण्डले बन्दसत्रमा नाम प्रस्तुत गर्ने
काठमाडाैं, पुस १८ : माओवादी केन्द्रले प्रस्तावित २९९ सदस्यीय केन्द्रीय कमिटी सदस्य टुंगाे लगाएको छ।आज (आइतबार) काे बन्दसत्र सुरु हुनुअघि बसेको पार्टी स्थायी...
काठमाडाैं, पुस १८ : माओवादी केन्द्रले प्रस्तावित २९९ सदस्यीय केन्द्रीय कमिटी सदस्य टुंगाे लगाएको छ।
आज (आइतबार) काे बन्दसत्र सुरु हुनुअघि बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशबाट आएका सिफारिसका आधारमा २९९ सदस्यीय केन्द्रीय कमिटी सदस्यको नाम टुंगो लगाएको जनाइएको छ।
आजको बन्दसत्रमा अध्यक्ष प्रचण्डले नाम पढेर केन्द्रीय कमिटी प्रस्ताव गर्ने पार्टी स्थायी कमिटीका एक सदस्यले जानकारी दिए। बन्दसत्रले केन्द्रीय कमिटी सदस्यहरुको नाम अनुमोदन गरेपछि सोही केन्द्रीय कमिटीको बैठकले १५ सदस्यीय पदाधिकारी चयन गर्ने उनले बताए।
पुस ११ गतेबाट सुरु भएको माओवादीको आठौं महाधिवेशन नेतृत्व चयन प्रक्रियामा आइपुगेको छ। आजै नयाँ नेतृत्व चयन गरेर महाधिवेशन समापन गर्ने माओवादी केन्द्रको तयारी छ।
यसअघि अध्यक्ष प्रचण्डको राजनीतिक तथा वैचारिक प्रतिवेदन र स्थायी कमिटी सदस्य देव गुरुङको विधान संशोधन प्रस्ताव सुझावसहित पारित भइसकेको छ।











