माओवादी महाधिवेशन : तेस्रोपटक निर्वाचन कार्यातालिका संशाेधन, सोमबार मतदान
संसाधित कार्यातालिका अनुसार मनोनयन दर्ताका लागि अपराह्न ४ देखि साँझ ६ बजेसम्मको समय निर्धारण गरिएको छ। त्यस्तै आजै साँझ साढे ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता सूची प्रकाशन गर्ने कार्यतालिका छ।
काठमाडौं, पुस १८ : नेकपा माओवादी केन्द्रले पुनः निर्वाचन कार्यतालिका संसोधन गरेको छ। पार्टीको आठौं राष्ट्रिय महाधिवेशनबाट पदाधिकारीको टुंगो लगाउनका भोलि ८ बजेदेखि मतदान हुनेगरी निर्वाचन कार्यातालिका संसोधन गरिएको हो।
यसअघि शनिबार पनि सो पार्टीले निर्वाचन कार्यतालिका संसोधन गरेको थियो । महाधिवेशनबाट सकेसम्म सहमतिमै पदाधिकारी र केन्द्रीय कमिटीको टुंगो लगाउनका लागि बारम्बार छलफल भइरहेतापनी निष्कर्षमा भने पुग्न सकेको छैन। सहमति गर्नकै लागि पटकपटक कार्यतालिका संसोधन गरिएको हो।
संसाधित कार्यातालिका अनुसार मनोनयन दर्ताका लागि अपराह्न ४ देखि साँझ ६ बजेसम्मको समय निर्धारण गरिएको छ। त्यस्तै आजै साँझ साढे ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता सूची प्रकाशन गर्ने कार्यतालिका छ।
उम्मेदवारको सम्बन्धमा दाबी विरोध प्रस्तुत गर्न साँझ ७ बजेसम्मको समत तोकिएको छ। उजुरी परेको सूचना सवा ७ बजे प्रकाशन गरिनेछ। त्यस्तै उजुरीउपर छानविन र निर्णय गर्न पौने ८ बजेसम्मको समय तोकिएको छ । बेलुका ८ बजे उम्मेदवारको सूची पुनः प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ।
उम्मेदवारलाई आफ्नो नाम फिर्ता लिनका लागि साढे ८ बजेसम्मको समय निर्धारण गरिएको छ। त्यसपछि बेलुका पौने ९ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।
केन्दीय निर्वाचन समितिका अनुसार मतदान भोलि (सोमबार) ८ बजेदेखि हुनेछ।












