Kathmandu Press

जनमत पार्टीको प्रदर्शनमा प्रहरीले गोली चलायो, ५ जना घाइते 

काठमाडौं, पुस १८ : धनुषामा सिके राउत नेतृत्वको जनमत पार्टीको प्रदर्शनमा गोली चलेको छ। जिल्लाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा सिके राउत समर्थकको आन्दोलन गरिरहेको बेला...
जनमत पार्टीको प्रदर्शनमा प्रहरीले गोली चलायो, ५ जना घाइते 

काठमाडौं, पुस १८ : धनुषामा सिके राउत नेतृत्वको जनमत पार्टीको प्रदर्शनमा गोली चलेको छ। 

जिल्लाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा सिके राउत समर्थकको आन्दोलन गरिरहेको बेला प्रहरीले गोली चलाएको हो। 

प्रदर्शनमा प्रहरीले ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रु ग्‍याँस प्रहार गरेको हो।

प्रहरीले चलाएको गोली लागेर पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

प्रकाशित मिति: १४:१३ बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्