सभापति देउवाद्वारा गुरुङ, पौडेल र शाही कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत
काठमाडौं, पुस १८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (आइतबार) कल्याण गुरुङ, प्रदीप पौडेल र जीवन बहादुर शाहीलाई केन्द्रीय सदस्य पदमा मनोनीत गरेका...
काठमाडौं, पुस १८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (आइतबार) कल्याण गुरुङ, प्रदीप पौडेल र जीवन बहादुर शाहीलाई केन्द्रीय सदस्य पदमा मनोनीत गरेका छन् ।
पार्टीको विधान, २०१७ (संशोधनसहित) धारा २१ उपधारा १० बमोजिम उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज (आइतबार) एक विज्ञप्तिमार्फत जानकारी दिएका हुन्।
उनीहरु तीनै जना १४औं महाधिवेशन पदमा पराजित भएका थिए। नेता गुरुङ सभापतिमा पराजित भएका हुन्। दोस्रो चरणको निर्वाचनमा उनले देउवालाई समर्थन गरेका थिए ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट मानिने नेता पौडेल महामन्त्रीमा पराजित भएका हुन्। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट मानिने नेता पौडेल महामन्त्रीमा पराजित भएका हुन्।
३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार पार्टी सभापतिलाइृ हुने गर्दछ। त्यसमा उनले पदाधिकारीमा पराजित भएका नेताहरूलाई पनि समेट्न पाउँछन्।
सभापति देउवाले शनिबार १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए। अझै २० केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ।












