Kathmandu Press

पाल्पा बस दुर्घटना अपडेट : मृत्यु भएका सातमध्य तीन जनाको सनाखत 

मृत्यु भएकामध्ये बुटवल बुद्धनगरका लालबहादुर विक, पशुपति रसाइली र विजय थापा क्षेत्रीको सनाखत भएको छ। घाइते भएका ८ जनाको  पाल्पाको तानसेनस्थित मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ। 
पाल्पा बस दुर्घटना अपडेट : मृत्यु भएका सातमध्य तीन जनाको सनाखत 

काठमाडौं, पुस १८ : मलामी बोकेर बुटवलबाट रिडी जाँदै गरेको बस दुर्घटनामा परी मृत्यु भएका सातमध्य तीन जनाको सनाखत भएको छ। आइतबार बिहान मलामी बोकेर गएको लु २ ख ७२७९ नम्बरको बस करिब साढे १० बजेको समयमा पाल्पाको रिब्दिकोट गाउँपालिका–२ मा दुर्घटनाग्रस्त भएको थियो। 

सडकबाट करिब सत्तरी मिटर तल खसेर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको हो। मृतकमध्य तीन जनाको मात्रै सनाखत भएको र बाँकीको सनाखत गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी रामेश्वर त्वाँतीले जानकारी दिएका छन्। 

मृत्यु भएकामध्ये बुटवल बुद्धनगरका लालबहादुर विक, पशुपति रसाइली र विजय थापा क्षेत्रीको सनाखत भएको छ। घाइते भएका ८ जनाको  पाल्पाको तानसेनस्थित मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ। 

बुटवल ११ बुद्धनगरका बीरबहादुर विकको शवको अन्त्येष्टिका लागि ३६ जना मलामी उक्त बसमा सवार थिए। 

प्रकाशित मिति: १४:०० बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्