Kathmandu Press

माओवादी केन्द्रको महाधिवेशन : दलित समुदायको उचित प्रतिनिधित्व माग गर्दै हस्ताक्षर संकलन

काठमाडाैं, पुस १८ : माओवादी केन्द्रको आठौं महाधिवेशन काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ।राजनीतिक प्रतिवेदन र विधान पारित भइसकेकाले नयाँ नेतृत्व चयनको प्रक्रियामा महाधिवेशन...
माओवादी केन्द्रको महाधिवेशन : दलित समुदायको उचित प्रतिनिधित्व माग गर्दै हस्ताक्षर संकलन

काठमाडाैं, पुस १८ : माओवादी केन्द्रको आठौं महाधिवेशन काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ।

राजनीतिक प्रतिवेदन र विधान पारित भइसकेकाले नयाँ नेतृत्व चयनको प्रक्रियामा महाधिवेशन प्रवेश गरेको छ। सम्भव भएसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने नभए लाेकतान्त्रिक प्रक्रियामा जाने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।

पारित विधानअनुसार २९९ सदस्यीय केन्द्रीय समितिमा समानुपातिकबाट १५४ सदस्य हुने व्यवस्था गरिएको छ। जसमा दलित क्लस्टरबाट २२ जनाले केन्द्रीय कमिटीमा प्रतिनिधित्व पाउने निश्चित छ। जसमा पुरुष ६, पुरुष युवा १, महिला १२ र महिला युवा ३ जना हुनुपर्ने व्यवस्था छ।

तर दलित समुदायको उचित प्रतिनिधित्व नभएको आवाज महाधिवेशनस्थलमा उठिरहेको छ। त्यसका लागि हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ। पार्टीसम्बद्ध दलित अगुवाहरूले उचित समानुपातिक प्रतिनिधित्वको माग गरेका हुन्।

दलित समुदायका लागि उचित कोटा छुट्ट्याउनुपर्ने माग राखेर गरिएको हस्ताक्षर संकलन केन्द्रीय नेतृत्वलाई बुझाइने दलित अगुवाहरुको भनाइ छ।

प्रकाशित मिति: १३:४३ बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्