Kathmandu Press

स्रोत नखुलेको ५० लाख बरामद प्रकरणमा सौर्य एयरलाइन्सका स्टेसन इन्चार्ज पक्राउ

काठमाडाैं, पुस १८ : सौर्य एयरलाइन्समा ५० लाख नगद बरामद भएको प्रकरणमा सोही एयरलाइन्सकाे विराटनगर शाखाका स्टेसन म्यानेजर प्रकाश पौडेललाई प्रहरीले पक्राउ गरेको...
स्रोत नखुलेको ५० लाख बरामद प्रकरणमा सौर्य एयरलाइन्सका स्टेसन इन्चार्ज पक्राउ

काठमाडाैं, पुस १८ : सौर्य एयरलाइन्समा ५० लाख नगद बरामद भएको प्रकरणमा सोही एयरलाइन्सकाे विराटनगर शाखाका स्टेसन इन्चार्ज प्रकाश पौडेललाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई ललितपुरकाे हरिहर भवनस्थित राजस्व अनुसन्धान विभागमा उपस्थित गराइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

हिजाे (शनिबार) विराटनगरबाट काठमाडौं आएको सौर्य एयरलाइन्सको जहाजबाट त्रिभुवन विमानस्थलमा खटिएका प्रहरीले स्रोत नखुलेको ५० लाख नगद फेला पारेको थियो।

सो नगदसँगै सोही एयरलाइन्सकी कर्मचारी मोरङको विराटनगर महानगरपालिका-४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई पनि प्रहरीले पक्राउ गरेको थियो। उनी सो रकम संकलनमा खटिएकी थिइन्।

जहाजको इन्जिन स्टार्ट भएपछि स्टेसन म्यानेजर पौडेलले उडान नम्बर सौ–७२४ मा सो पैसाको पोको लगेर दिएका थिए। भद्रपुर लेखिएको रातो रङको झोलामा सो रकम फेला परेको प्रहरीको भनाइ छ। 

पचास लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारी पक्राउ

विराटनगरबाट काठमाडौं आउँदै गरेको सौर्य एयरलाइन्सको जहाजमा स्टेसन इन्चार्ज पौडेलले सुरक्षा जाँचसमेत नगरी झोला राखेको सूचनाका आधारमा काठमाडौंमा जाँचका क्रममा उक्त नगदसहित प्रहरीले पोखरेललाई पक्राउ गरेको हो।

प्रहरीले उनीसँग एक हजारका दरले ४ हजार ९ सय  थान र ५ सय दरका १ सय थान गरी रु. ५० लाख नगद बरामद गरेको हो।

प्रकाशित मिति: १३:२५ बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्