Kathmandu Press

शव बोकेर गएको बस पाल्पामा दुर्घटना, ७ जनाको घटनास्थलमै मृत्यु 

दुर्घटनामा परि ७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने बाँकी ८ जना घाइते भएका छन्।
शव बोकेर गएको बस पाल्पामा दुर्घटना, ७ जनाको घटनास्थलमै मृत्यु 

काठमाडौं, पुस १८ : पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लगुवामा शव बोकेर जाँदै गरेको बस दुर्घटना भएको छ। 

शवसहित मलामी लिएर बुटलबाट पाल्पा जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस सडकबाट करिब ७० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर त्वाँतीले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्।

उनका अनुसार दुर्घटनामा परि ८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने बाँकी ७ जना घाइते भएका छन्। मृतकहरुको सनाखत भइनसकेको र सनाखत गराउने प्रयास भइरहेको डिएसपी त्वाँतीले जानकारी दिए । 

त्यस्तै घाइतेहरुलाई उपचारका लागि पाल्पाको तानसेनस्थित मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज पठाइएको उनले बताए। 
 
 

प्रकाशित मिति: १२:२२ बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्