Kathmandu Press

पदाधिकारी चयन गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै 

काठमाडौं, पुस  १८ : नेकपा माओवादी केन्द्रको पदाधिकारी चयन गर्न स्थायी कमिटी बैठक बोलाएको छ। महाधिवेशनस्थल प्रज्ञा भवन कमलादीमै बस्ने गरी बैठक बोलाइएको हो। पार्टीको जारी...
पदाधिकारी चयन गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै 
फाइल तस्बिर

काठमाडौं, पुस  १८ : नेकपा माओवादी केन्द्रको पदाधिकारी चयन गर्न स्थायी कमिटी बैठक बोलाएको छ। 

महाधिवेशनस्थल प्रज्ञा भवन कमलादीमै बस्ने गरी बैठक बोलाइएको हो। 

पार्टीको जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार निर्वाचन प्रक्रिया सुरु भएपनि सहमतिकै आधारमा केन्द्रीय कमिटी चयन गर्ने भन्दै निर्वाचन प्रक्रिया आज दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो । 

केन्द्रीय कमिटीको टुङ्गो लगाएर मात्रै पदाधिकारी घोषणा गर्दा राम्रो हुने सुझा आएकोमा त्यसबारेमा समेत स्थायी कमिटी बैठकमा छलफल हुनेछ। सकेसम्म पदाधिकारीमा पनि सहमतिकै आधारमा अगाडि तयारी माओवादी केन्द्रको छ।

पदाधिकारीमा आकांक्षी धेरै भएका कारण पनि सहमति जुटाउन सकस देखिएको छ। अध्यक्ष प्रचण्डले सहमतिमै अगाडि बढ्न जोड दिएका छन्। त्यो नभए निर्वाचनबाट पदाधिकारीको टुंगो लाग्नेछ। निर्वाचन भएको अवस्थामा अन्य पार्टीमा जस्तो महाधिवेशन प्रतिनिधिहरुले मतदान गर्न पाउने छैनन् । हलबाट चयन भएका केन्द्रीय कमिटीले नै पदाधिकारी चयनका लागि मतदान गर्नेछन्। 

माओवादी विधानमा अध्यक्षसहित १५ सदस्यीय पदाधिकारीको व्यवस्था छ ।

प्रकाशित मिति: १२:०४ बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्