उत्तरपूर्वी चीनमा भूमिगत आगलागीमा परी ९ जनाको मृत्यु
डालियान, पुस १८ : उत्तरपूर्वी चीनको डालियान शहरको एक बजार मुनिको भूमिगत क्षेत्रमा शुक्रबार भएको आगलागीमा परी नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका...
डालियान, पुस १८ : उत्तरपूर्वी चीनको डालियान शहरको एक बजार मुनिको भूमिगत क्षेत्रमा शुक्रबार भएको आगलागीमा परी नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
उक्त दुर्घटना शुक्रबार बिहान ११स्११ मा भएको थियो र दिउँसो १स्०० बजे आगो निभाइएको थियो।
आगो निभाउने क्रममा नौ जना पीडितमध्ये एकजना अग्निनियन्त्रकको मृत्यु भएको थियो । पाँच जना सामान्य घाइते भएका छन् र उपचाररत छन् ।
त्यसैगरी चार जना अझै अस्पतालमा छन् भने एक जना डिस्चार्ज भइसकेका छन्। दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी छ।
प्रकाशित मिति: ११:५१ बजे, आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












