Kathmandu Press

सुनको मूल्य प्रतितोला ९३ हजार ४००

काठमाडौं, पुस १८ : सुनचाँदी बजारमा साताको पहिलो कारोबारदिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ४०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु...
सुनको मूल्य प्रतितोला ९३ हजार ४००

काठमाडौं, पुस १८ : सुनचाँदी बजारमा साताको पहिलो कारोबारदिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ४०० तोकिएको छ । 

अघिल्लो दिन प्रतितोला रु ९२ हजार ७०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ७०० ले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ९०० तोकिएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला  ९२ हजार २०० थियो ।

 त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  १० ले बढेर रु एक हजार २७० पुगेको महासङ्घले जनाएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२९ डलर आसपास कारोबार भइरहेको छ।   

प्रकाशित मिति: ११:४७ बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्