Kathmandu Press

जुवाखालबाट भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १३ जना पक्राउ

जुवाखालबाट भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १३ जना पक्राउ

काठमाडौं, पुस १८ : जाजरकोटको भेरी नगरपालिकामा जनप्रतिनिधिसहित १३ जना जुवाको खालबाट पक्राउ परेका छन्। भेरी नगरपालिका–६ का वडाध्यक्ष शशी बुढा तथा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती पक्राउ परेका हुन्। 

राति ३ बजे भेरी नगरपालिका–४ गौरीखोलाबाट उनीहरु पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। उनीहरुलाई जुवा खेल्दै गर्दा प्रहरीले पक्राउ गरेको हो। 

उनीहरूको साथबाट २ लाख ५२ हजार नगदसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय भेरीले जनाएको छ। 

प्रकाशित मिति: ११:०९ बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्