Kathmandu Press

प्रतिनिधि सभाको बैठक स्थगित 

काठमाडौं, पुस १८ : प्रतिनिधि सभाको स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि तय बैठक २२ गतेसम्मका लागि स्थगित भएको संसद सचिवालयले...
प्रतिनिधि सभाको बैठक स्थगित 

काठमाडौं, पुस १८ : प्रतिनिधि सभाको स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि तय बैठक २२ गतेसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ। 

सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित भएको हो।

आजको बैठकमा थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची थियो । तर माओवादी केन्द्रले संसद बैठक स्थगित गरिदिन आग्रह गरेको थियो ।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन यही पुस ११ गतेदेखि काठमाडौंमा जारी छ ।

प्रकाशित मिति: १०:१० बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्