Kathmandu Press

आज दिउसो प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं, पुस २८ : एक साता स्थगित भएको प्रतिनिधिसभाको बैठक आज दिउसो बस्न लागेको छ।संघीय संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजे संसद्...
आज दिउसो प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं, पुस २८ : एक साता स्थगित भएको प्रतिनिधिसभाको बैठक आज दिउसो बस्न लागेको छ।

संघीय संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजे संसद् भवन बानेश्वरमा प्रतिनिधिसभाको बैठक बोलाइएको छ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादेर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७७८ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बिहान ११ बजे परामर्श समितिको बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ।

संसद्को नवौं अधिवेशन सुरु भएदेखि नै नेकपा (एमाले)का सांसदले अवरोध गर्दै आएका छन्। उनीहरुले आठौं अधिवेशनमा पनि अवरोध गरेका थिए।

 

प्रकाशित मिति: ०७:१३ बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्