Kathmandu Press

श्रीलङ्कामा डिसेम्बरमा मुद्रास्फीति १२.१ प्रतिशत कायम, खाद्यान्नको मूल्यमा उच्च वृद्धि

कोलम्बो, पुस १७ : सन् २०२१ को डिसेम्बर महिनामा मुद्रास्फीति बढेर १२.१ प्रतिशत कायम भएको छ। नोभेम्बरको तुलनामा यो २.२ प्रतिशतको वृद्धि हो।मुद्रास्फीतिसँगै...
श्रीलङ्कामा डिसेम्बरमा मुद्रास्फीति १२.१ प्रतिशत कायम, खाद्यान्नको मूल्यमा उच्च वृद्धि

कोलम्बो, पुस १७ : सन् २०२१ को डिसेम्बर महिनामा मुद्रास्फीति बढेर १२.१ प्रतिशत कायम भएको छ। नोभेम्बरको तुलनामा यो २.२ प्रतिशतको वृद्धि हो।

मुद्रास्फीतिसँगै श्रीलङ्काको खाद्यान्नको मूल्यमा उच्च वृद्धि भएको देखिएको छ। वार्षिक औसत आधारमा मापन गरिएको कोलम्बो उपभोक्ता मूल्य सूचीमा भएको परिवर्तन नोभेम्बरमा ५.३ प्रतिशतबाट डिसेम्बरमा ६.० प्रतिशत पुगेको श्रीलङ्का न्युज रेडियोले आफ्नो समाचारमा जनाएको छ।

केन्द्रीय बैंकले मुद्रास्फीति वृद्धिको मुख्य कारण आपूर्ति श्रृंखलाका कारकहरू भएको एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ।

खाद्य तथा गैर–खाद्य दुवै श्रेणीमा वस्तुहरूको मूल्यमा मासिक वृद्धिले गर्दा मुद्रास्फीति भएको कुरा उल्लेख गरेको न्युज रेडियोले केन्द्रीय बैंकका अधिकारीलाई उद्धृत गरी लेखेको छ।

सन् २०२१ को डिसेम्बरमा खाद्य मुद्रास्फीति १७.५ प्रतिशतबाट बढेर २२.१ प्रतिशत पुग्यो भने सन् २०२१ को डिसेम्बरमा गैर–खाद्य मुद्रास्फीति सन् २०२१ को नोभेम्बरमा ६.४ प्रतिशत रहेकोमा बढेर ७.५ प्रतिशत पुगेको छ।

प्रकाशित मिति: २०:११ बजे, शनिबार, पुस १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्