Kathmandu Press

मुलुकलाई समृद्ध बनाउन समाजवाद लक्ष्यका साथ हामी अघि बढेका छौँ : अध्यक्ष नेपाल

काठमाडाैं, पुस १७ : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुक समृद्ध बनाउनका लागि आफ्नो पार्टी समाजवाद लक्ष्यका साथ...
मुलुकलाई समृद्ध बनाउन समाजवाद लक्ष्यका साथ हामी अघि बढेका छौँ : अध्यक्ष नेपाल

काठमाडाैं, पुस १७ : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुक समृद्ध बनाउनका लागि आफ्नो पार्टी समाजवाद लक्ष्यका साथ अघि बढिरहेको बताएका छन। आज लमजुङ बेँसीशहर नगरपालिका–८ मा नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी लमजुङद्वारा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले असल भावनासहित समृद्धिको यात्रामा अघि विश्वास दिलाए। उनले जनताको जीवन खुशी र सुखी बनाउने लक्ष्यका चाँडै पूरा हुने दाबी गरे।

उनले भने, 'आधुनिक सीप, क्षमता प्रविधिका साथमा सिर्जनात्मक काम गर्ने र अरुले गर्न नसकेको काम गर्नेछु।' त्यस्तै उनले जनता र देशको सेवा लाग्ने आफ्नो पार्टी भएकाले जनता र देशको सेवामा नलाग्नेलाई आफ्नो पार्टीमा ठाउँ नरहेको बताए। अध्यक्ष नेपालले आफ्नो पार्टीको सिद्धान्त नै लोकतान्त्रिक मूल्य मान्यतालाई सम्मान गर्ने रहेको बताए। एकीकृत समाजवादीले यतिबेला सङ्गठन विस्तारमा जोड दिँदै अघि बढ्ने क्रममा हालसम्म ७६ जिल्लामा र ५०० पालिकामा र छ हजार ७०० वडामा सङ्गठन निर्माण गरिसकेको उनको भनाइ छ।

सङ्गठन विस्तारमा लागेकाले विचार प्रष्ट पारेर अघि बढ्न कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । सबैको सुरक्षा गर्ने एकीकृत समाजवादी पार्टीले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षालाई प्राथमिकतामा राखेर अघि बढेको नेता नेपालले बताए। त्यस्तै नेता नेपालले आगामी चुनावसम्मै गठबन्धन सरकार अघि बढ्ने बताए।

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार ‘किसान’ श्रेष्ठले वैदेशिक रोजगारमा जाने युवाका लागि सहज वातावतरण र व्यवस्थित बनाउने बताए। उनले रोजगारीको सिलसिलादेखि श्रम रोजगार तथा सामाजिक मन्त्रालयले लमजुङ जिल्लालाई पहिलो प्राथमिकतामा राख्नेसमेत बताए। मन्त्री श्रेष्ठले आफ्नो पार्टी विस्तारै सङ्गठन विस्तार गर्दै  अघि बढेकाले आगामी दिनमा देशकै सबैभन्दा ठूलो पार्टी बन्ने बताए।

प्रकाशित मिति: १९:५४ बजे, शनिबार, पुस १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्