Kathmandu Press

भारतीय तीर्थस्थलमा भागदौड हुँदा १२ जनाको मृत्यु

नयाँ दिल्ली, पुस १७ : दशौँ हजार तीर्थयात्रीले पूजाअर्चना गर्न भेला भएका बेला शनिबार बिहानै भारतीय धार्मिक स्थलमा भागदौड हुँदा कम्तीमा १२ जनाको...
भारतीय तीर्थस्थलमा भागदौड हुँदा १२ जनाको मृत्यु

नयाँ दिल्ली, पुस १७ : दशौँ हजार तीर्थयात्रीले पूजाअर्चना गर्न भेला भएका बेला शनिबार बिहानै भारतीय धार्मिक स्थलमा भागदौड हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

भारत प्रशासित कश्मीरको वैष्णोदेवी मन्दिर जाने बाटोमा शनिबार भागदौड मच्चिएपछि बिहान करिब २ः१५ बजे १२ जनाको मृत्यु भएको हो भने करिब १५ जना घाइते भएकमा छन् र घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ। खासगरी भारतीय हिन्दूहरूले विशेष महत्वको धार्मिक स्थलका रूपमा मान्ने यहाँ हरेक वर्ष लाखौं मानिसहरूले वैष्णोदेवीको दर्शन गरी पूजा अर्चना गर्दछन्।

घटनामा बाँच्न सफल रविन्द्रले एएफपीलाई फोनमार्फत् जानकारी दिए, 'एकाएक हल्ला र भागदौड मच्चियो। मानिसहरू एकअर्कामाथि लड्न थाले। कसको खुट्टा वा पाखुरा भाचियो कसैलाई मतलब भएको देखिँदैनथ्यो। सबै आफ्नो ज्यान बचाउन भागिरहेको देखिन्थ्यो।'

Hardik ivf

'लगभग आधा घण्टापछि एम्बुलेन्स पुग्दासम्म म लगायतका केही मानिसले आठवटा लास घटनास्थलमा जम्मा गरेका थियो भने दर्जनभन्दा बढी घाइते भएका थिए,' उनले भने।

उनले थपे, 'कहालीलाग्दो यस घटनामा जीवित रहन पाएकोमा म भाग्यमानी महसुस गरेको छु तरमेरो आँखा अगाडि घटेको यस दृष्य सम्झिँदा अझै पनि डरले हरीर थरथर काँपीरहेको छ।'

भिडियोमा डरले थरथर काँपीरहेका तीर्थयात्रीहरू बच्न हतारहतार नजिकैको ढिस्कोमा चढिरहेका देखिन्छ।

स्थानीय अधिकारीहरूले दुई समूहका युवाहरूबीच भएको कथित मतभेद र नयाँ वर्ष दिवसका लागि मानिसहरूको दौडधूप घटनाको मुख्य कारक भएको बताए।

स्थानीय प्रहरी प्रमुख दिलबाग सिंहले प्रेस ट्रस्ट अफ इण्डिया (पीटीआईसँग) भने भागदौड मच्चिएको केही क्षणमा नै प्रहरी त्यहाँ पुगेको बताए। प्रहरी पुग्दा केही मानिसको ज्यान गइसकेको थियो भने केही छटपटाइरहेका देखिन्थे।  

तर एक अर्का प्रत्यक्षदर्शीले आफ्नो नाम नबताउने शर्तमा भने, 'मेला व्यवस्थापनमा भएको कमीका कारण घटना हुन पुगेको देखिन्छ।' घटनास्थलमा अत्यधिक भीड भएको र यसलाई व्यवस्थापन गर्ने स्वयंसेवक नदेखिएको उनले बताए।

यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई समवेदना दिएका छन। मृतकका आफन्तलाई भारतीय दुई लाख रूपैँया र घाइतेलाई ५० हजार राहतस्वरूप दिइने बताए। घटनाप्रति दुःख व्यक्त गर्दै विभिन्न दलका नेता, सरकारी अधिकारी तथा सर्वसाधारणले लेखेका शब्दहरूले सामाजिक सञ्जालका पानाहरू भरिएका छन्।

प्रकाशित मिति: १९:४७ बजे, शनिबार, पुस १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्