कोभिड–१९ बाट पाकिस्तानमा २४ घण्टामा ५५६ थप व्यक्ति सङ्क्रमित, छ जनाकाे मृत्यु
इस्लामावाद, पुस १७ : पाकिस्तानमा शुक्रबार ५५६ थप व्यक्ति कोभिड–१९ सङ्क्रमित भएको ‘नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर (एनसीओसी)’ले शनिबार दिन जानकारी गराएको छ।...
इस्लामावाद, पुस १७ : पाकिस्तानमा शुक्रबार ५५६ थप व्यक्ति कोभिड–१९ सङ्क्रमित भएको ‘नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर (एनसीओसी)’ले शनिबार दिन जानकारी गराएको छ। कोभिडका कारण विगत २४ घण्टामा थप छ जनाको मृत्यु भएको एनसीओसीले पुष्टि गरेको छ।
महामारीविरुद्ध देशव्यापीे अभियानको नेतृत्व गरिरहेको विभाग एनसीओसीका अनुसार पाकिस्तानमा हालसम्म १२ लाख ९९ हजार ९३३ व्यक्ति सङ्क्रमित भएका छन्। यसमध्ये १२ लाख ९५ हजार ८१६ जनालाई निको भइसकेको छ भने देशभर १० हजार १८४ सक्रिय सङ्क्रमित रहेका छन्। सक्रिय सङ्क्रमितमध्ये ६२९ जनाको स्वास्थ्य जटील अवस्थामा रहेको छ।
एनसीओसीको तथ्याङ्कअनुसार यस महामारीले शुक्रबार छ जनाको ज्यान लिएसँगै कूहल मृत्यु भएकाको सङ्ख्या बढेर २८ हजार ९३३ पुगेको छ।
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा सबैभन्दा बढी चार लाख ८२ र त्यसपछि पूर्वी पञ्जाब प्रान्तमा चार लाख ४५ हजारभन्दा बढी सङ्क्रमित भएका छन्।












