Kathmandu Press

अङ्ग्रेजी नयाँ वर्षमा बन्दीपुरमा आठ हजार पर्यटक

बन्दीपुर, पुस १७ : अङ्ग्रेजी नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आठ हजार पर्यटक पुगेका छन्। अङ्ग्रेजी नयाँ वर्षको अवसरमा शुक्रबार र...
अङ्ग्रेजी नयाँ वर्षमा बन्दीपुरमा आठ हजार पर्यटक

बन्दीपुर, पुस १७ : अङ्ग्रेजी नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आठ हजार पर्यटक पुगेका छन्। अङ्ग्रेजी नयाँ वर्षको अवसरमा शुक्रबार र शनिबार आठ हजार पर्यटकले बन्दीपुरको भ्रमण गरेका छन्।

नयाँ वर्षको अवसरमा बन्दीपुरमा दुई दिन खाना महोत्सव गरिएको थियो। क्षेत्रीय होटल सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानले नयाँ वर्षको अवसरमा बन्दीपुरमा आन्तरिक पर्यटक खचाखच भरिएको भएको जानकारी दिए। 'विदेशी पर्यटक पाँच/छ जनामात्रै देखिए, बाँकी सबै आन्तरिक पर्यटकले बन्दीपुर भरिभराउ भए,' उनले भने।

Hardik ivf

बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ र तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुरको संयुक्त आयोजनामा महोत्सव सञ्चालन गरिएको थियो। महोत्सवमा बन्दीपुर बजार क्षेत्रको खुला आकाशमुनि स्थानीय खानाका परिकारको स्टल राखिएको थियो।

विशेषगरी नेवार, गुरुङ र मगर समुदायको खानाको परिकार राखिएको थियो । महोत्सवले बन्दीपुरको पर्यटन प्रवद्र्धनमा सघाउने प्रधानको विश्वास छ। सडक खाना महोत्सव बन्दीपुरको एउटा ब्राण्ड हो। हरेक वर्ष अङ्ग्रेजी नयाँ वर्षको अवसरमा सडक खाना महोत्सव हुँदै आइरहेको छ। गत वर्ष कोरोना कहरकै बेला पनि सडक खाना महोत्सव गरिएको थियो। अङ्ग्रेजी नयाँ वर्षसँगै नेपाली नयाँ वर्ष र प्रेम दिवसका बेलामा पनि बन्दीपुरमा पर्यटक आकर्षित गर्न कार्यक्रम हुँदै आएको छ।

कोरोनाको मारमा परेको बन्दीपुरको पर्यटन गत दशैँदेखि तङ्ग्रिने प्रयासमा छ। कोरोना त्रासपछि बन्दीपुरमा विस्तारै पर्यटकको आगमन बढ्न थालेको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले बताए।

भक्तपुरे शैलीमा बनेका इँट्टाका मौलिक घर बन्दीपुरको आकर्षण हो। निकै पुरानो र ऐतिहासिक बन्दीपुर कोलाहलमुक्त छ। यहाँको भीमसेनको मन्दिर, थानीमाई, खड्गदेवी र तीनधारे प्रसिद्ध छन्। अन्नपूर्ण, धवलागिरि, लमजुङ, मनास्लु, बौद्ध, फिस्टेल हिमालसँगै १९ हिमचुचुरा बन्दीपुरको टुँडिखेलबाट अवलोकन गर्न सकिन्छ।  

विश्वप्रसिद्ध चीनको ग्रेटवालको झल्को दिने गरी बनाइएको मुकुन्देश्वरी पर्खालले पनि आन्तरिक र बाह्य पर्यटकलाई लोभ्याउँछ। बन्दीपुर साहसिक पर्यटक लक्षित साइकल लेनसमेत बनाइएको छ। केबुलकार निर्माणको चरणमा रहेको छ। पर्यटकको बसाइ लम्ब्याउन बन्दीपुर क्षेत्रमा विभिन्न पूर्वाधार थप भइरहेको छ।

प्रकाशित मिति: १९:३९ बजे, शनिबार, पुस १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्