Kathmandu Press

सुतेको अवस्थामा निसास्सिएर मृत्यु

सुतेको अवस्थामा निसास्सिएर मृत्यु
Hardik ivf

दाङ, पुस १७ : दाङमा कोइला बालेर सुतेका एक व्यक्तिको निसास्सिएर मृत्यु भएको छ। झ्यालढोका थुनेर कोइला बालेर सुतेका प्यूठान घर भई हाल लमही नगरपालिका–९ अमिलिया बस्दै आएका २९ वर्षीय कुसुम सुनारको मृत्यु भएको हो।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलका अनुसार शुक्रबार राति सुनारका श्रीमान् श्रीमती कोइला बालेर सुतेका थिए। बिहान ४ बजेतिर उनकी श्रीमती उठ्ने बेला उनको मृत्यु भइसकेको थियो। श्रीमतीको पनि रक्तचाप कम भइसकेको अवस्थामा उपचारका लागि अस्पताल लगिएको थियो। उनको अवस्था सामान्य छ।

उनको शव भने घरभित्रै रहेको छ। प्यूठानबाट घरपरिवार आएपछि मात्रै उठाएर शव परीक्षणका लागि लमही अस्पताल लगिने प्रहरी निरीक्षक पौडेलले बताए। सुनार अमिलियाको शोभा होटलमा खान बनाउने काम गर्दै आएका थिए।

प्रकाशित मिति: १८:०७ बजे, शनिबार, पुस १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्