Kathmandu Press

‘पोल्ट्रीजन्य वस्तुमा राज्यले सहयोग गर्नुपर्छ’

चितवन, पुस १७ :  पोल्ट्रीजन्य वस्तुुको उत्पादनमा राज्यले सहयोग गर्नुपर्ने व्यवसायीले माग गरेका छन्। नवौं राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले...
‘पोल्ट्रीजन्य वस्तुमा राज्यले सहयोग गर्नुपर्छ’

चितवन, पुस १७ :  पोल्ट्रीजन्य वस्तुुको उत्पादनमा राज्यले सहयोग गर्नुपर्ने व्यवसायीले माग गरेका छन्। नवौं राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले आत्मनिर्भर भएको यस व्यवसायलाई जोगाइराख्न राज्यको सहयोग आवश्यक रहेको बताएका हुन्।

कार्यक्रममा बोल्दै नेपाल पोल्ट्री महासंङका अध्यक्ष गुणचन्द्र विष्टले पोल्ट्री नीति कार्यान्वयनमा ध्यान दिन नसक्दा समस्या भएको बताए। नीति कार्यान्वयनसँगै सरकार र व्यवसायी समयअनुसार हिँड्न सक्नुपर्ने उनको भनाइ थियो। व्यवसायमा अहिलेको समस्या कुखुराको भ्याक्सिन भएको बताउँदै उनले भने, “नेपालमा भ्याक्सिनको समस्या छ। यसलाई समाधान गर्न राज्यले ध्यान दिनुपर्छ।’ बर्डफ्लुको भ्याक्सिन आयातमा रोक लगाउँदा व्यवसायी मारमा परेको उनले बताए। उनले भने, ‘आयातमा रोक लगाउँदा लुकीछिपी आउने भ्याक्सिनमा गुणस्तर कम हुँदा व्यवसायीले समस्या झेल्नुपरेको छ।’ उत्पादन बढाउन खोर र उपकरणमा नयाँ प्रविधि भित्र्याउन आवश्यक रहेको उनले बताए।

बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले निजी क्षेत्रले बनाएको नीति कार्यान्वयनमा सरकार तयार रहेको बताए। पोल्ट्री क्षेत्रको समस्या समाधानका लागि सरकार तयार रहेको उनको भनाइ थियो । उनले भने, ‘प्राविधिक कुरा बुझाउन केही समस्या भए पनि समस्या समाधानका लागि सरकारको तर्फबाट मन्त्रालय तयार रहेको छ।’ पोल्ट्रीजन्य उत्पादनबाट प्रोटिन पाइने भएकाले यसको प्रचार–प्रसार र बजार व्यवस्थापनमा बागमती प्रदेश सरकारले काम गर्ने उनले बताए।

कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्रध्यापक डा. सुविर सिंहले प्रोटिनको महत्व र उपलब्धता, फिजिसियन डा भोजराज अधिकारीले मानव स्वास्थ्यका लागि अण्डा र मासुको महत्व, भेटेरेनरी अस्पताल चितवनका डा. रामचन्द्र आचार्यले पोल्ट्रीको वर्तमान अवस्था र चुनौती, व्यवसायीका तर्फबाट डा रेवन्तकुमार भट्टराईले नेपालमा कुखुरापालन व्यवसायको औद्योगीकरण विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

नेपाल कुखुरा व्यवसायी मञ्च र बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले हाल निजी क्षेत्रले भोग्नुपरेका समस्याबारे बुँद्धागतरूपमा जानकारी दिएका थिए। २०१७ पुस १७ गते तत्कालीन राजा महेन्द्रले ह्याचरी उद्घाटन गरेको दिनलाई पोल्ट्री दिवसका रूपमा २०७० बाट मनाउन थालिएको हो।

नेपालको कूल ग्रास्थ उत्पादनमा तीन दशमलव सात प्रतिशत ओगटेको यस क्षेत्रमा अहिले एक लाख ५० हजारले प्रत्यक्ष अप्रत्यक्ष रोजगार पाएका छन्। सन् १९८८ अगाडि निर्वाहमुखी व्यवसायका रूपमा रहेको यो व्यवसाय ३४ वर्षपछि व्यावसायिक भएको पाइन्छ। नेपालमा सन् २०२१ मार्चमा मासु र अण्डामा आत्मनिर्भर घोषणा भएको थियो।

प्रकाशित मिति: १८:०३ बजे, शनिबार, पुस १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्