Kathmandu Press

माओवादी केन्द्रको महाधिवेशन : भोलि बिहान साढे ११ देखि दिउँसो ४ बजेसम्म मतदान

काठमाडौं, पुस १७ : माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत केन्द्रीय कमिटी सदस्य चयनका लागि भोलि (आइतबार) मतदान हुने भएको छ।पार्टीको निर्वाचन आयोगले आज (शनिबार) साँझ...
माओवादी केन्द्रको महाधिवेशन : भोलि बिहान साढे ११ देखि दिउँसो ४ बजेसम्म मतदान

काठमाडौं, पुस १७ : माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत केन्द्रीय कमिटी सदस्य चयनका लागि भोलि (आइतबार) मतदान हुने भएको छ।

पार्टीको निर्वाचन आयोगले आज (शनिबार) साँझ जारी गरेको कार्यतालिकाअनुसार बिहान ११ः३० बजेदेखि मतदान सुरु हुनेछ।

आज राति ८ बजेदेखि साढे १० बजेसम्म उम्मेद्वारी दर्ताका लागि समय छुट्टाइएको छ। निर्वाचन आयोगका अनुसार उम्मेद्वारको अन्तिम नामावली प्रकाशन भोलि बिहान ११ः१५ बजे हुनेछ। निर्वाचन भने भोलि बिहान साढे ११ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ।

पार्टीको विधानअनुसार माओवादी केन्द्रको केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ छ। जसमा ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक आधारमा सदस्य चयन हुनेछन्।

आजै बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा सहमतिका लागि नेताहरुले प्रयास गरेका थिए। सहमतिको प्रयास अझे जारी रहने बताइएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति नभएमा लोकतान्त्रिक विधि अपनाउने बताइसकेका छन्।

निर्वाचन आयोगले १ हजार ७ सय ४२ जना प्रतिनिधिको नामप्रकाशन गरिसकेको छ। 

प्रकाशित मिति: १७:५६ बजे, शनिबार, पुस १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्