सभापति देउवाद्वारा १० केन्द्रीय सदस्य मनोनीत, काेकाे परे?
काठमाडाैं, पुस १७ : नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशन समाप्त भएसँगै पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा १० जनालाई मनोनयन गरेका छन्।नेपाली कांग्रेस पार्टी...
काठमाडाैं, पुस १७ : नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशन समाप्त भएसँगै पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा १० जनालाई मनोनयन गरेका छन्।
नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज (शनिबार) विज्ञप्ति जारी गरेर नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम पार्टी सभापतिले १० केन्द्रीय सदस्य मनोनीत गरेको जानकारी दिएको हो।
मनोनीत केन्द्रीय सदस्यमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मा छन्।

प्रकाशित मिति: १७:१३ बजे, शनिबार, पुस १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











