Kathmandu Press

काठमाडौं उपत्यकामा थप २८५ जनामा कोरोना संक्रमण

काठमाडौं, पुस १७ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा २४४, ललितपुरमा ३२ र भक्तपुरमा...
काठमाडौं उपत्यकामा थप २८५ जनामा कोरोना संक्रमण

काठमाडौं, पुस १७ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा २४४, ललितपुरमा ३२ र भक्तपुरमा ९ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसैगरी काठमाडौं उपत्यकामा २ हजार ७३ सक्रिय संक्रमित रहेका छन्। तीमध्ये काठमाडौंमा ९५९, ललितपुरमा ६१२ र भक्तपुरमा ५०२ जना रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा थप ३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: १६:५८ बजे, शनिबार, पुस १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्