देशभर ३८२ जनामा कोरोना संक्रमण पुष्टि, २५२ जना भए निकाे
काठमाडौं, पुस १७ : पछिल्लो २४ घन्टामा देशभर ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९५९ नमुनाको...
काठमाडौं, पुस १७ : पछिल्लो २४ घन्टामा देशभर ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९५९ नमुनाको परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो।
मन्त्रालयका अनुसार ५ हजार ७ नमुनाको पीसीआर परीक्षण गर्दा ३४२ र १५ हजार ९५२ जनामा एन्टीजेन परीक्षण गर्दा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा २५२ जना संक्रमणमुक्त भएका छन्। आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।
योसँगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ८ लाख २८ हजार ७७३ पुगेको छ भने एन्टीजेनतर्फ ९६ हजार २४२ पुगेको छ। त्यस्तै हालसम्म कोरोनामुक्त हुनेको संख्या ८ लाख १२ हजार २१० पुगेको छ। अहिलेसम्म ११ हजार ५९४ कोरोना संक्रमितको मृत्यु भएको छ।
हाल मुलुकभर ४ हजार ९६९ सक्रिय संक्रमित रहेका छन्। जसमध्य ४ हजार ७२८ जना होम आइसोलेसनमा छन् । त्यस्तै २४१ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। अस्पतालमा उपचाररतमध्ये ८९ जना आइसीयूमा छन् भने २७ जना भेन्टिलेटरमा छन्।











