Kathmandu Press

माओवादी केन्द्र महाधिवेशन : १७४२ जना मतदाताकाे नामावली प्रकाशित

काठमाडाैं, पुस १७ : माओवादी केन्द्रको जारी आठौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।निर्वाचन कार्यक्रमका लागि पार्टीको निर्वाचन समितिले नामावली...
माओवादी केन्द्र महाधिवेशन : १७४२ जना मतदाताकाे नामावली प्रकाशित

काठमाडाैं, पुस १७ : माओवादी केन्द्रको जारी आठौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।

निर्वाचन कार्यक्रमका लागि पार्टीको निर्वाचन आयोगले  नामावली प्रकाशन गरेको छ। समितिले महाधिवेशनस्थल प्रज्ञा भवनमा १ हजार ७ सय ४२ जनाको नामावली टाँसेको हाे। यो निर्वाचनको नियमित प्रक्रियाअन्तर्गत सुरुको चरण हो। 

आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार कूल एक हजार ७४२ मतदाताको नामावली सार्वजनिक गरिएको हो। नामावलीमा आयोजक समिति, विभिन्न विभाग, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति तथा पार्टी एकता प्रक्रियामा सहभागी भएका तथा मनोनीत प्रतिनिधि समेटिएको छ।

केन्द्रीय सदस्य चयन सहमतिबाटै गर्ने भनिएको छ। तर सहमति नजुटेको अवस्थामा निर्वाचनमा जान सकिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।

आजको बन्दसत्रले पार्टीको विधान पारित गरिसकेको छ। पारित विधान अनुसार केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ। बन्द सत्रले पदाधिकारीको संख्या भने टुंग्याउन सकेन। 

महाधिवेशन हलले पदाधिकारीको संख्या कति तोक्ने निर्णय गर्न केन्द्रीय कमिटीलाई जिम्मा दिएको छ।

 

प्रकाशित मिति: १६:२५ बजे, शनिबार, पुस १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्