Kathmandu Press

सकेसम्म सहमतिमै केन्द्रीय समिति चयन गरिन्छ, नभए निर्वाचन हुन्छ : प्रचण्ड

काठमाडौं, पुस १७ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म केन्द्रीय समिति चयनमा सहमति हुने र त्याे सम्भव नभए मात्र चुनाव हुने बताएका...
सकेसम्म सहमतिमै केन्द्रीय समिति चयन गरिन्छ, नभए निर्वाचन हुन्छ : प्रचण्ड

काठमाडौं, पुस १७ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म केन्द्रीय समिति चयनमा सहमति हुने र त्याे सम्भव नभए मात्र चुनाव हुने बताएका छन्।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी माओवादीको आठौं राष्ट्रिय महाधिवेशनस्थलबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको छ।’ सहमति गर्न ५ बजेसम्मको समय तोकिएको उनले बताए। ‘त्यतिबेलासम्म सहमति बन्न सकेन भने चुनावमा जान्छौं,’ उनले भने।

प्चण्डले जरुरत परेको अवस्थामा जुनसुकै लोकतान्त्रिक प्रयास गर्न माओवादी केन्द्र तत्पर रहेको बताए। 

महाधिवेशनको बन्दसत्रले पार्टी विधान पारित गरिसकेको छ। तर कति पदाधिकारी राख्ने भन्ने टुंगो लागेको छैन। त्यसको जिम्मा केन्द्रीय समितिलाई दिइएको छ। यसअघि केन्द्रीय समितिले १५ पदाधिकारी राख्ने भनिएको थियो।

पारित विधानअनुसार केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ। कैन्द्रीय निर्वाचन आयोगले केन्द्रीय समिति चयन प्रक्रिया सुरु अघि बढाएको बताइएको छ। माओवादीले केन्द्रीइ समति चयनका लागि ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी गरी मिश्रित निर्वाचन प्रणाली हुने व्यवस्था विधानमा गरेको छ।

प्रकाशित मिति: १५:०८ बजे, शनिबार, पुस १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्