Kathmandu Press

मालीमा आतंकवादी हमला : ८ सैनिकको मृत्यु, ७ घाइते

बामाको, पुस १७ : मालीको पश्चिमी भागमा भएको आक्रमणमा मारिएका सैनिकहरूको संख्या आठ पुगेको छ भने थप सात घाइते भएको माली सशस्त्र बलले जनाएको...
मालीमा आतंकवादी हमला : ८ सैनिकको मृत्यु, ७ घाइते

बामाको, पुस १७ : मालीको पश्चिमी भागमा भएको आक्रमणमा मारिएका सैनिकहरूको संख्या आठ पुगेको छ भने थप सात घाइते भएको माली सशस्त्र बलले जनाएको छ।

बुधबार नारा गाउँमा भएको आक्रमणमा परी चार सैनिकको मृत्यु भएको र करिब १० जना घाइते भएको सेनाले जनाएको छ। मृत्यु हुने सैनिकको संख्या हिजो ४ रहेकोमा आज ८ पुगेको छ भने ७ सैनिक घाइते भएका छन् र ३ वटा सवारी साधन ध्वस्त भएका छन्।

Hardik ivf

सेनाले वेबसाइटमा प्रकाशित प्रेस विज्ञप्तिमा जनाएअनुसार आक्रमणकारीतर्फ ३१ जनाको मृत्यु भएको र उनीहरूबाटहतियार र गोलाबारुद जफत गरिएको छ। मालीको वायुसेनाले गरेको हवाई हमलाका कारण आतंककारीहरूको मृत्युको कुल संख्या अझै स्पष्ट हुन बाँकी छ।

मालीले संयुक्त राष्ट्रसंघ र फ्रान्सेली सेनाको उपस्थितिको बावजुद सन् २०१२ मा उत्तरी क्षेत्रमा शुरु भएको इस्लामवादी विद्रोहलाई नियन्त्रण गर्न संघर्ष गरिरहेको छ। यो द्वन्द्वमध्ये माली, साथै छिमेकी बुर्किना फासो र नाइजरमा समेत फैलिएको छ।

प्रकाशित मिति: १४:५० बजे, शनिबार, पुस १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्