Kathmandu Press

रूसले २०२१ मा राष्ट्रिय हित र सुरक्षाको रक्षामा जोड दियो : राष्ट्रपति पुटिन

मस्को, पुस १७ : रुसले सन् २०२१ मा आफ्नो राष्ट्रिय हितका साथै देश र नागरिकहरूको सुरक्षाको ‘दृढतापूर्वक र निरन्तर’ रक्षा गरेको राष्ट्रपति भ्लादिमिर पुटिनले...
रूसले २०२१ मा राष्ट्रिय हित र सुरक्षाको रक्षामा जोड दियो : राष्ट्रपति पुटिन

मस्को, पुस १७ : रुसले सन् २०२१ मा आफ्नो राष्ट्रिय हितका साथै देश र नागरिकहरूको सुरक्षाको ‘दृढतापूर्वक र निरन्तर’ रक्षा गरेको राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आफ्नो २०२२ नयाँ वर्षको सम्बोधनमा उल्लेख गरेका छन्।

ूहामीले ठूला चुनौतीहरूको सामना गर्‍यौ र जटिल समस्याहरू समाधान गर्न यस्तो कठोर परिस्थितिमा बाँच्न सिक्यौं। हामी हाम्रो एकताका कारण यो गर्न सक्षम भयौं,’ पुटिनले भने।

ूसबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि हामीले विगत वर्षका सबै कठिनाइहरू सँगै पार गर्‍यौं,अझै धेरै नसुल्झेका समस्याहरू छन् त्यसलाई सुल्झाउनुपर्ने छ,’ पुटिनले भने।

नयाँ वर्ष मनाउऊदै गर्दा यसले नयाँ अवसरहरू खोल्नेछ। त्यसलाई परिणाममा बदल्नका निम्ति हाम्रै सुझबुझ महत्त्वपूर्ण हुने पुटिनले बताएका छन्।
सम्बोधन मन्तव्यमा राष्ट्रपतिले कोभिड–१९ महामारीमा आफ्ना प्रियजन गुमाएकाहरुप्रति समवेदना पनि व्यक्त गरे।

प्रकाशित मिति: १४:४५ बजे, शनिबार, पुस १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्