Kathmandu Press

आज अंग्रेजी नयाँ वर्ष २०२२ सुरु

काठमाडौं, पुस १७ : ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको छ।जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने...
आज अंग्रेजी नयाँ वर्ष २०२२ सुरु

काठमाडौं, पुस १७ : ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको छ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ। पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सम्वतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा. खिलानाथ बस्ताकोटीले बताए।

विवाद भए पनि उपनिवेशकालमा बेलायतले विभिन्न स्थानमा यो संवत् लागू गरेका थिए। जसले गर्दा अहिले यो विश्वव्यापी बनेको छ।

यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन्। केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ।

विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा अघिल्लो साँझ ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइएको छ।।

प्रकाशित मिति: ०७:०४ बजे, शनिबार, पुस १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्