Kathmandu Press

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग

काठमाडौं, पुस १६ : पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्ने भन्दै पुस २७ गते सार्वजनिक बिदा दिन माग गरिएको छ ।राष्ट्रिय...
पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग

काठमाडौं, पुस १६ : पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्ने भन्दै पुस २७ गते सार्वजनिक बिदा दिन माग गरिएको छ ।

राष्ट्रिय एकता परिषद्ले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्रीहरु लगायतका वक्ताले पुस २७ का दिन सरकारले सार्वजनिक बिदा दिनुपर्ने बताए । पत्रकार सम्मेलनमा पूर्वमन्त्री कुमार वेलवासेले सबै नेपाली पृथ्वीनारायण शाहप्रति ऋणी भएको बताए ।

‘यो सार्वभौम सम्पन्न देश नेपाल हो, नेपाली जनताको उन्नति, सुख र समृद्धि, सिङ्गो नेपालको उन्नतिका लागि विकास गरिदिने पृथ्वीनारायण शाहप्रति सबै नेपाली आभारी हुनुपर्छ,’ उनले भने । नेकपा (माले) का नेतासमेत रहेका उनले आफ्नो पार्टी पुस २७ गतेलाई राष्ट्रिय दिवस घोषणा गर्नुपर्ने बताउँदै आएको सुनाए ।

सरकारले सार्वजनिक बिदा दिएर पृथ्वीनारायण शाहप्रतिको आफ्नो कतव्र्य पूरा गर्नुपर्ने उनको भनाइ थियो । परिषद्का काठमाडौं उपत्यका संयोजक दिनेश नापितले राष्ट्र बनाउने एकमात्र व्यक्ति भनेको पृथ्वीनारायण शाह नै भएको जिकिर गरे ।

उनले पुस २७ गते सार्वजनिक बिदा दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: १९:२८ बजे, शुक्रबार, पुस १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्