Kathmandu Press

सन् २०२१ मा कूल ६७ हजार आप्रवासीलाई इटली प्रवेशका लागि अनुमति

रोम, पुस १६ : इटलीको सिसिली टापूमा बर्षको अन्तिम दिन शुक्रबार ४४० जना आप्रवासी बोकेको एउटा उद्धार जहाजलाई अवतरणका लागि अनुमति दिइएको छ।...
सन् २०२१ मा कूल ६७ हजार आप्रवासीलाई इटली प्रवेशका लागि अनुमति

रोम, पुस १६ : इटलीको सिसिली टापूमा बर्षको अन्तिम दिन शुक्रबार ४४० जना आप्रवासी बोकेको एउटा उद्धार जहाजलाई अवतरणका लागि अनुमति दिइएको छ। सन् २०२१ मा इटालीको सिसिलीनजिकको किनार हुँदै कूल ६७ हजारभन्दा बढी मानिसले प्रवेश अनुमति पाएका इटलीले बताइएको छ।

इटलीको गैरसरकारी संस्थाले उद्धारका लागि सञ्चालन गरेको सी वाच–३ नामक जहाजका अधिकारीले ट्वीटरमार्फत् जारी विज्ञप्तिमा भनेका छन्, 'इटालेली अधिकारीहरूले सिसिलीको पोज्जालो बन्दरगाहलाई सी–वाच ३ जहाजको लागि अवतरण गर्ने स्थान तोकिएको छ। हाम्रो पहिलो उद्धार कार्य सकिएको एक हप्तापछि जहाजमा रहेका ४४० जना उद्धार गरिएका मानिसहरुलाई अन्ततः किनारामा जान दिइनेछ।'

Hardik ivf

'उद्धारमा प्रयोग भएको जहाजले नोभेम्बर २०१७ देखि लिबियाको तटबाट सामुद्रिक गस्ती गर्दै आएको छ। यो गैर–लाभकारी समूहहरूद्वारा सञ्चालित धेरैमध्ये जहाज हो।' इटलीको समुद्रमा जहाजहरूले आप्रवासीहरूलाई भूमध्यसागरको मध्यक्षेत्र पार गरेर युरोपमा पुर्‍याउने अक्सर भीड हुन्छ भने उनीहरूले समस्याग्रस्त जहाजहरूलाई मद्दत गर्ने गर्छन्।

इटलीको गृह मन्त्रालयको डिसेम्बर ३१ मा अद्यावधिक गरिएको तथ्याङ्कअनुसार यस वर्ष कूल ६७ हजार ४० आप्रवासी इटाली भित्रिएका छन्। यो गत वर्ष रेकर्ड गरिएको ३४ हजार १५४ मा तीव्र वृद्धि हो। तर सन् २०१६ मा भने यो सङ्ख्या एक लाख ८१ हजार ४३६ रहेको थियो।

संयुक्त राष्ट्र संघीय शरणार्थी निकायले डिसेम्बर २६ मा अद्यावधिक गरिएको तथ्याङ्क अनुसार, यस वर्ष एक लाख १४ हजार ५८४ प्रवासी समुद्रबाट साइप्रस, ग्रीस, इटाली, माल्टा र स्पेनमा पुगेका छन्। गत वर्षको तुलनामा सामुद्रिक आगमनन दर बढेको देखिन्छ।

प्रकाशित मिति: १९:१५ बजे, शुक्रबार, पुस १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्