Kathmandu Press

भीरबाट लडेर मजदूरको मृत्यु

बैतडी, पुस १६ : भीरबाट लडेर बैतडीमा आज एक मजदूरको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोट घर भएका ४१ वर्षीय नारायण मगर रहेका...
भीरबाट लडेर मजदूरको मृत्यु

बैतडी, पुस १६ : भीरबाट लडेर बैतडीमा आज एक मजदूरको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोट घर भएका ४१ वर्षीय नारायण मगर रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

मगरको दोगडाकेदार गाउँपालिका–६ स्थित सित्तडमा भीरबाट लडेर मृत्यु भएको हो। भीरबाट १५० मिटर तल खसेका मगरको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले उक्त घटनासम्बन्धी थप अनुसन्धान सुरु भएको जनाएको छ।

प्रकाशित मिति: १८:३७ बजे, शुक्रबार, पुस १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्