‘नेता न्यौपानेको फरक मतलाई पार्टीले सम्मानपूर्वक बहसको विषय बनाउँछ’
काठमाडाैं, पुस १६ : माओवादी केन्द्रले जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले राखेको १० बुँदे फरक...
काठमाडाैं, पुस १६ : माओवादी केन्द्रले जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले राखेको १० बुँदे फरक मतलाई पार्टीले सम्मानपूर्वक बहसको विषय बनाउने भएको छ।
आज (शुक्रबार) बन्दसत्रपछि आयोजित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता कृष्णबहादुर महराले भने, ‘लेखनाथ न्यौपानेका फरक मत फरक मतकै रुपमा राख्ने र सम्मानपूर्वक फेरि बहस गर्दै जाने निर्णय भएको छ।’
‘अध्यक्षको प्रतिवेदनमाथि आएका धेरै सुझाव या प्रश्न प्रतिवेदनको मूल स्पिरिट ठिक छ भन्ने आएको उनले बताए। प्रतिवेदनमाथि आएका सुझावहरुलाई अध्यक्ष प्रचण्डलेले स्वीकार गरेको पनि महराले स्पष्ट पारे।
उनले शुक्रबार निर्वाचन, लेखा र अनुशासन आयोगका तीन प्रतिवेदन पेस भएको जानकारी पनि दिए। शनिबारबाट नेतृत्व चयनको प्रक्रिया सुरु हुने पनि महराले जानकारी दिए।











