Kathmandu Press

ललिता निवास जग्गा प्रकरण : १२० जना विरुद्ध पक्राउ पुर्जी

काठमाडाैं, पुस १६ : ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले १२० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।गत आइतबार यता...
ललिता निवास जग्गा प्रकरण : १२० जना विरुद्ध पक्राउ पुर्जी

काठमाडाैं, पुस १६ : ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले १२० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

गत आइतबार यता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र आज आठ जना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको उक्त अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले राससलाई जानकारी दिए। सरकारी जग्गा गर्ने प्रकरणमा उच्च पदस्थ कर्मचारी, भूमाफिया तथा व्यापारीसमेत जोडिएका थिए। सो प्रकरणका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको छ।

प्रकाशित मिति: १८:२९ बजे, शुक्रबार, पुस १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्