सुदूरपश्चिम प्रदेशमा थप दश जनामा सङ्क्रमण
सुदूरपश्चिम, पुस १६ : सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप दश जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट...सुदूरपश्चिम, पुस १६ : सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप दश जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट ६१८को नमूना परीक्षण गर्दा दश जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। पीसीआरमार्फत तीन र एन्टीजेनमार्फत सात जनामा पुष्टि भएको हो। पीसीआरमार्फत महाकाली अस्पतालमा तीन र एन्टीजेनमार्फत कैलालीका चार र कञ्चनपुरका तीनमा सङ्क्रमण पुष्टि भएको छ।
यस्तै गएको २४ घण्टामा प्रदेशभर एक जना पनि डिस्चार्ज भएका छैनन्। उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन।
यसअघि बिहीबार यस प्रदेशमा तीनमा सङ्क्रमण पुष्टि हुँदा तीन जना निको भएका थिए। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ जनाको ज्यान गइसकेको छ।
प्रकाशित मिति: १७:५७ बजे, शुक्रबार, पुस १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१