चन्द्रागिरिको टिकट बुकिङमा ३० प्रतिशत छुट
काठमाडौं, पुस १६ : चन्द्रागिरिको टिकट बुकिङमा ३० प्रतिशत छुट पाइने भएको छ। तर बुकिङ ‘आइएमई पे’बाट गरिएको हुनुपर्नेछ।आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन...
काठमाडौं, पुस १६ : चन्द्रागिरिको टिकट बुकिङमा ३० प्रतिशत छुट पाइने भएको छ। तर बुकिङ ‘आइएमई पे’बाट गरिएको हुनुपर्नेछ।
आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ‘आइएमई पे’ ले जाडो मौसमलाई लक्षित गरी आइएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरि टिकट बुकिङमा फ्ल्याट ३० प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको हो।
सो अफर चन्द्रागिरि टिकटहरूमा मात्र मान्य हुने जनाइएको छ। क्यासब्याकको अवधि अंग्रेजी नयाँ वर्ष २०२२ को पहिलो दिनका लागि मात्र लागु हुने कम्पनीले जनाएको छ।
प्रकाशित मिति: १७:४९ बजे, शुक्रबार, पुस १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











