एमसीसीबारे उठेका प्रश्नमा प्रचण्डको जवाफ – खारेज होइन, संसोधन गरेर पारित गर्नुपर्छ
काठमाडौं, पुस १६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) खारेज नभई संसोधन गरेर पारित गर्नुपर्ने...
काठमाडौं, पुस १६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) खारेज नभई संसोधन गरेर पारित गर्नुपर्ने बताएका छन्।
पार्टीको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आफूले पेस गरेको प्रतिवेदनबारे विभिन्न समूहले प्रस्तुत गरेको सुझावको जवाफ दिँदै उनले आफूले प्रतिवेदनमा उल्लेख गरेको धारणा नै पार्टीको आधिकारिक धारणा रहेको बताएका हुन्।
छलफलका क्रममा एमसीसीबारे माओवादी केन्द्रको प्रष्ट धारणा हुनुपर्ने सुझाव दिएका थिएस। पार्टीको आधिकारिक नीति ‘नो एमसीसी’ हुनुपर्ने बताएका थिए।
जवाफमा प्रचण्डले एमसीसीका राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, देशको सार्वभौमिकता र भौगोलिक अखण्डताको प्रश्नमा दृढ अडान लिएर निरन्तर अगाडि बढ्न जरुरी रहेको बताएका हुन्। ।
प्रकाशित मिति: १७:१९ बजे, शुक्रबार, पुस १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











