Kathmandu Press

भिसा सामान्य बनाउन रुस अमेरिकासँग सम्पर्कमा : रुसी विदेशमन्त्री

मस्को, पुस १६ : रुसले संयुक्त राज्य अमेरिकासँगको वार्ताका क्रममा भिसा जारी गर्ने समस्यालाई स्थायी रूपमा उठाइरहेको रुसी विदेशमन्त्री सर्गेई लाभरोभले स्पुतनिकलाई बताएका...
भिसा सामान्य बनाउन रुस अमेरिकासँग सम्पर्कमा : रुसी विदेशमन्त्री

मस्को, पुस १६ : रुसले संयुक्त राज्य अमेरिकासँगको वार्ताका क्रममा भिसा जारी गर्ने समस्यालाई स्थायी रूपमा उठाइरहेको रुसी विदेशमन्त्री सर्गेई लाभरोभले स्पुतनिकलाई बताएका छन्।

‘विभिन्न तहमा संयुक्त राज्य अमेरिकासँगको सम्पर्कका क्रममा हामीले भिसा जारी गर्ने प्रक्रियालाई सामान्य बनाउनु पर्ने कुरा स्थायी रूपमा  उठाइरहेका छौं,’ मन्त्रीले भने, ‘यद्यपि द्विपक्षीय सम्बन्धको खटपटका बीचमा वासिङ्टनले भिसा नीतिलाई नरम पार्ने सम्भावना छैन।’

प्रकाशित मिति: १७:१४ बजे, शुक्रबार, पुस १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्