Kathmandu Press

अमेरिकी र रुसी राष्ट्रपतिबीच वार्ता : आणविक युद्ध गर्न नहुने निष्कर्ष

अमेरिकी र रुसी राष्ट्रपतिबीच वार्ता : आणविक युद्ध गर्न नहुने निष्कर्ष

मस्को, पुस १६ : अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रूसी समकक्षीलाई फोनवार्तामा आणविक युद्ध सुरु गर्न नहुने र यसबाट राम्रो परिणाम  निक्लन नसकिने बताएको क्रेमलिनका सहयोगी युरी उसाकोभले बताएका छन्।

‘यो धेरै महत्त्वपूर्ण छ कि राष्ट्रपति बाइडेनले वार्तालापका क्रममा बारम्बार आणविक युद्ध सुरु गर्नुहुँदैन र जित्न सकिँदैन’ भनेको स्पुतनिकले उसाकोभलाई उद्धृत गर्दै जनाएको छ।

उक्त वार्ता बिहीबार अपराह्न ४:२५ बजे भएको थियो। सो अवसरमा राष्ट्रपतिहरूले सबै मुख्य विषयमा छलफल भएकोमा जोड दिँदै उसाकोभले वार्ता निकै अर्थपूर्ण भएको र जुन अत्यन्तै महत्त्वपूर्ण पनि रहेको भन्दै नयाँ वर्षपछि पनि वार्तालाई निरन्तरता दिने सहमति भएको बताएका छन्।

‘सैद्धान्तिक रूपमा, हामी वार्ताबाट सन्तुष्ट छौं किनभने तिनीहरू स्पष्ट, ठोस र विशिष्ट थिए। म यो पनि भन्न सक्छु कि यी वार्ताहरूको भावना रचनात्मक थियो,’ उसाकोभले भने।

क्रेमलिन सहयोगीले जनाएअनुसार वार्ताको क्रममा जो बाइडेनले वासिङ्टनले युक्रेनमा आपत्तिजनक स्ट्राइक हतियारहरू तैनाथ गर्ने छैन भन्ने कुरा राखेका थिए। 

प्रकाशित मिति: १७:०४ बजे, शुक्रबार, पुस १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्