Kathmandu Press

ओमिक्रोन प्रभाव : अमेरिकामा ८० प्रतिशत आइिसयु बेड भरिभराउ

वासिङ्टन, पुस १६ : संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड-१९ ओमिक्रोन संस्करणको फैलावटका कारण अभूतपूर्व ओभरलोड अनुभव गरिरहेको छ।सघन उपचार एकाइ (आइसियु) मा...
ओमिक्रोन प्रभाव : अमेरिकामा ८० प्रतिशत आइिसयु बेड भरिभराउ

वासिङ्टन, पुस १६ : संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड-१९ ओमिक्रोन संस्करणको फैलावटका कारण अभूतपूर्व ओभरलोड अनुभव गरिरहेको छ।

सघन उपचार एकाइ (आइसियु) मा ७८ प्रतिशत बेड भरिभराउ छन्। जर्ज वासिङ्टन युनिभर्सिटी अस्पतालका प्रकोप चिकित्सा प्रमुख डा. जेम्स फिलिप्सले  उक्त जानकारी दिएको बिहीबार सिएनएनले जनाएको छ। 

यो साता अमेरिकामा महामारीको रेकर्ड बनेको छ, जहाँ दैनिक रूपमा कोभिड–१९का घटनाहरू ५ लाखभन्दा माथि छ। यो सँगै अस्पताल भर्ना हुने सङ्क्रमितको संख्या नाटकीय रूपमा बढेको छ। केही राज्यमा लगभग तीन गुणा बढेको छ र स्वास्थ्य सेवा सुविधाहरूको प्रवाहमा जटिलता थपिएको छ।

अमेरिकाको स्वास्थ्य र मानव सेवा विभागको तथ्यांकअनुसार बिहीबारसम्म ७८ प्रतिशत आइसियु बेडहरू भरिएका छन्, जसमध्ये २२ प्रतिशत कोभिड–१९ का बिरामी छन्।

अन्य धेरै देशहरूले जस्तै अमेरिकाले पनि ओमिक्रोन महामारीको नयाँ लहरको सामना गरिरहेको छ।

प्रकाशित मिति: १६:३८ बजे, शुक्रबार, पुस १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्