राप्रपा र विवेकशील साझा मिलाएर नयाँ पार्टी बनाउने मिश्रको प्रस्ताव
काठमाडौं, पुस १६ : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री धवलशमशेर राणासँग भेटेर नयाँ पार्टी...
काठमाडौं, पुस १६ : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री धवलशमशेर राणासँग भेटेर नयाँ पार्टी गठनको प्रस्ताव गरेका छन्।
आज (शुक्रबार) भएको भेटमा मिश्रले दुवै पार्टी मिलाएर नयाँ पार्टी निर्माण गर्न सकिने प्रस्ताव अघि सारेका हुन्। विवेकशील साझा राप्रपामा मिसिन नसकिने र राप्रपा विवेकशील साझामा आउन नसक्ने भएकाले दुवैलाई मिलाएर नयाँ शक्ति सिर्जना गर्न सकिने धारणा मिश्रले राखेको बताइएको छ।
समान विचार भएका पार्टीहरूबीच एकता गर्ने अभियान राप्रपाले पनि अघि सारेको छ। त्यसका लागि महामन्त्री राणाको नेतृत्वमा समिति पनि गठन गरेको छ। समितिले विभिन्न पार्टीसँग एकताबारे छलफल पनि गरिरहेको छ।
राप्रपा तीन दशक लामो राजनीतिक पृष्ठभूमि बोकेको पार्टी हो भने विवेकशील साझा भर्खर आधा दशक पार गरेको पार्टी हो। तथापि विगतको संसदीय निर्वाचनमा राप्रपाभन्दा बढी भोट ल्याएको थियो।











