Kathmandu Press

पार्टीलाई क्रान्तिकारी बनाउन जस्तोसुकै त्याग र बलिदान गर्न तयार छु : प्रचण्ड

शुक्रबारको बन्दसत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रचण्डले पार्टीलाई क्रान्तिकारी बन्ने अन्तिम अबसर कुनैपनि हालतमा गुम्न नदिने बताएका हुन्। 
पार्टीलाई क्रान्तिकारी बनाउन जस्तोसुकै त्याग र बलिदान गर्न तयार छु : प्रचण्ड

काठमाडौं, पुस १६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई सच्चा क्रान्तिकारी बनाउन जुनसुकै त्याग र बलिदान गर्न पनि तयार रहेको बताएका छन्। 

शुक्रबारको बन्दसत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रचण्डले पार्टीलाई क्रान्तिकारी बन्ने अन्तिम अबसर कुनैपनि हालतमा गुम्न नदिने बताएका हुन्। 

कतिपय मानिसहरुले प्रचण्ड फेरि झुपडीमा जान सक्ला र ? भन्दै प्रश्न गरिरहेको बताउँदै प्रचण्डले आफू जरुरी पर्दा गाउँघरमा जान र जनतासँग बस्न कुनै गाह्रो नहुने बताएका छन्।  ‘जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरुसँगै बस्न, मजदुरसँग खान, जनतामाझ गएर बस्न कुनै गाह्रो छैन,’ उनले भने। 

माओवादीले इतिहासमा अग्रगामी छलाङ मार्दै यहाँसम्म आइपुगेको पनि प्रचण्डको दाबी छ। यसलाई धेरैले अस्थिरतावादी भनेको बताउँदै उनले प्रश्न गरे, ‘२०४५ सालमा सानो समूहबाट शुरु गरेर २०५२ सालमा जनयुद्ध शुरु गरेर शान्तिप्रक्रिया हुँदै गणतन्त्रको स्थापना, संविधानको निर्माण गरेर आजको अवस्थासम्म पुग्नु गतिशीलता हो कि अस्थिरता हो ?’  

उनले अहिले पनि एउटा छलाङ हान्न खोजेको र जरुरी पर्दा आफनै टाउकोमा आगो लगाएर हिंडन हामी तयार रहेको बताएका छन्। 

प्रकाशित मिति: १५:५३ बजे, शुक्रबार, पुस १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्