Kathmandu Press

कृषिलाई उद्योगमा बदलौँ : अर्थमन्त्री

काठमाडौँ, पुस १६ : अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखी उद्योगमा बदल्नुपर्नेमा जोड दिएका छन्। नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको...
कृषिलाई उद्योगमा बदलौँ : अर्थमन्त्री

काठमाडौँ, पुस १६ : अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखी उद्योगमा बदल्नुपर्नेमा जोड दिएका छन्। नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको चौधौँ वार्षिक साधारणसभा शुभारभ्भ गर्दै उनले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न कृषिलाई बढवा दिनुपर्ने बताए।
 
 एकातिर कृषियोग्य भूमि बाँझो रहनु र अर्कातिर आयातित वस्तुको उपभोग बढ्दै जानु चिन्ताको विषय भएको छ भन्दै अर्थमन्त्री शर्माले नेपालको जल, जमिन र जनशक्तिको भरपुर प्रयोग गरी कृषि उत्पादन बढाउनुपर्ने आवश्यकता औंंल्याए। ‘कृषि क्षेत्र उपेक्षित छ, किसानले राज्यबाट पाउनुपर्ने सेवासुविधा पाइराखेको अवस्था छैन,’ उनले भने, ‘यस क्षेत्रलाई व्यवस्थित र सङ्गठितरूपमा परिचालन गर्न राज्यको विशेष लगानी आवश्यक छ।’
 
किसानलाई व्यावसायिक र आत्मनिर्भर बनाउँदै देश निर्माणमा महत्वपूर्ण योगदान दिलाउन कृषि सहकारी सङ्घले भूमिका निर्वाह गर्नुपर्ने पनि अर्थमन्त्री शर्माले बताए । किसानका समस्या समाधान गर्न सरकारका तर्फबाट पूर्ण सहयोग रहने उनको भनाइ थियो । 

सङ्घका अध्यक्ष खेमबहादुर पाठकले ग्रामीण क्षेत्रमा छरिएर रहेको पूँजी सङ्कलन गर्दै विपन्न तथा पछाडि परेका किसानलाई कृषि क्षेत्रमा रोजगारी सिर्जना गरेर  कृषि र पशुपक्षीको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहन गरिएको बताए।
 

प्रकाशित मिति: १५:१८ बजे, शुक्रबार, पुस १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्