Kathmandu Press

एमसिसी देश र जनताका लागि हो, सबै मिलेर यसलाई अघि बढाउँछौँ : गृहमन्त्री खाँण

कास्की, पुस १६  : गृहमन्त्री बालकृष्ण खाँणले अहिलेको नेपालको राज्य प्रणाली स्वतन्त्र पत्रकारिताका पक्षमा रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्की शाखाले...
एमसिसी देश र जनताका लागि हो, सबै मिलेर यसलाई अघि बढाउँछौँ : गृहमन्त्री खाँण

कास्की, पुस १६  : गृहमन्त्री बालकृष्ण खाँणले अहिलेको नेपालको राज्य प्रणाली स्वतन्त्र पत्रकारिताका पक्षमा रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले लोकतान्त्रिक शासन व्यवस्थामा पत्रकारिता पनि स्वतन्त्र रहने उल्लेख गरे।

गृहमन्त्री खाँणले लोकतात्रिक मूल्य पद्धति र स्वतन्त्र पत्रकारिताको अन्योन्याश्रित सम्बन्ध रहेको भन्दै पत्रकारिता र लोकतन्त्र एक सिक्काका दुई पाटा रहेको स्पष्ट पारे। उनले भने, ‘प्रदेशसभा र राष्ट्रियसभालाई स्वतन्त्र पत्रकारिताका पक्षमा कानून निर्माण गर्न नेपाल सरकारकोतर्फबाट आग्रह गर्न चाहन्छु । नयाँ बन्ने वा संशोधित हुने कानुन स्वतन्त्र पत्रकारिताका पक्षमा हुनुपर्दछ।’

गृहमन्त्री खाँणले संविधानसभाबाट बनेको बर्तमान संविधानलाई सबै राजनीतिक दल मिलेर सफल बनाउँदै अगाडि बढाउनुपर्नेमा जोड दिए। राष्ट्रिय राजनीतिको मूलधारमा नआएका राजनीतिक पार्टीसँग पनि सरकारले संवादका माध्यमबाट मुलुकमा शान्तिसुरक्षा र अमनचयन स्थापना गर्ने तथा संविधानलाई सबैले अपनत्व गर्नसक्ने बनाउने प्रतिबद्धता उनले व्यक्त गरे।

स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन समयमै सम्पन्न हुने उनको भनाइ थियो । अमेरिकी सहयोग परियोजना९एमसिसी० सबै राजनीतिक दलबीचको सहमतिमै अगाडि बढाइने उनले उल्लेख गरे। नेपाल सरकारले नै जलविद्युत् परियोजना र सडक पूर्वाधारका लागि एमसिसी प्रस्ताव गरेको बताउँदै उनले सो अनुदान सहयोगको सदुपयोग गर्न सक्नुपर्ने उल्लेख गरे।

उनले भने, ‘एमसिसी देश र जनताका लागि हो, राष्ट्रिय सहमतिको प्रयत्न गर्दै सबैले मिलेर यसलाई अघि बढाउँछौँ । सहमतिका आधारमा नेपालमा धेरै कुरा भएका छन् । यसमा पनि सहमति हुन्छ ।’

हालै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टी कार्यकर्ता र शुभचिन्तकमा सकारात्मक सन्देश गएको उल्लेख गर्दै मन्त्री खाँणले कतिपय स्थानीय पालिकाको अधिवेशनमा स्थानीय तहको निर्वाचनको झल्को दिएको र सकारात्मक चर्चा पाएको उल्लेख गरे।

उनले भने, “सकारात्मक चर्चालाई कांग्रेसले जीवन्तता दिनुपर्नेछ । मुलुकमा परिपक्व नेताको खाँचो अहिले पनि छ । अन्य राजनीतिक पार्टी र दलका नेताको विश्वास कांग्रेस सभापतिप्रति रहेकाले त्यो विश्वासलाई जीवन्त बनाउँदै मुलुकलाई अघि बढाउनु आवश्यक छ।”

नेपाल पत्रकार महासङ्घ कास्की शाखाकी अध्यक्ष विमला भण्डारीले सञ्चार क्षेत्रलाई स्वतन्त्ररुपमा काम गर्न दिनुपर्ने उल्लेख गर्दै प्रदेश तथा सङ्घीय सरकारबाट पत्रकारमैत्री विधेयकको अपेक्षा गरेको बताए।

प्रकाशित मिति: १३:०६ बजे, शुक्रबार, पुस १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्