महाधिवेशनस्थलमै माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
काठमाडौं, पुस १६ : माओवादी केन्द्रको आठौं महाधिवेशन कमलादीस्थित प्रज्ञा भवनमा जारी छ। महाधिवेशनको छैटौं दिन आज (शुक्रबार) महाधिवेशनस्थलमै पार्टीको स्थायी कमिटी बैठक पनि जारी...
काठमाडौं, पुस १६ : माओवादी केन्द्रको आठौं महाधिवेशन कमलादीस्थित प्रज्ञा भवनमा जारी छ। महाधिवेशनको छैटौं दिन आज (शुक्रबार) महाधिवेशनस्थलमै पार्टीको स्थायी कमिटी बैठक पनि जारी छ।
अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले प्रस्तुत गरेका विधान संशोधन प्रस्तावमाथि विभिन्न समूहले दिएका सुझाव र उठाएका प्रश्नहहरूको जवाफसहित पार्टीको निष्कर्ष सुनाउनेबारे छलफल गर्न स्थायी समिति बैठक बसेको हो।
बैठकमा नेतृत्व चयन विधिबारे पनि छलफल हुने बताइएको छ। स्थायी कमिटी बैठकपछि प्रचण्डले बन्दसत्रमा राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावबारे जवाफ दिएर तिनको अन्तिम रुपबारे निष्कर्षत्मक भनाइ राख्नेछन्।
प्रकाशित मिति: १२:४६ बजे, शुक्रबार, पुस १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











