Kathmandu Press

नयाँ दिल्ली र मुम्बईमा नयाँ वर्षका कार्यक्रमहरुमा कडाइ

नयाँ दिल्ली, पुस १६ : नयाँ दिल्ली र मुम्बईमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि यहाँ नयाँ वर्षका कार्यक्रमहरुमा कडाइ गरेको छ।भारतको नयाँ...
नयाँ दिल्ली र मुम्बईमा नयाँ वर्षका कार्यक्रमहरुमा कडाइ

नयाँ दिल्ली, पुस १६ : नयाँ दिल्ली र मुम्बईमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि यहाँ नयाँ वर्षका कार्यक्रमहरुमा कडाइ गरेको छ।

भारतको नयाँ दिल्ली र मुम्बईमा पछिल्ला केही हप्तामा सङ्क्रमण बढेको हो। यहाँ कोरोनाको ओमिक्रोन भेरियन्ट झन् ठूलो मात्रामा बढेको छ।

Hardik ivf

यहाँका सरकारहरुले कोरोना भाइरस र त्यसमा पनि ओमिक्रोनको प्रकोप बढेपछि नयाँ वर्ष मनाउन सार्वजनिक स्थानहरुमा गर्ने समारोह, मेला तथा जमघट लगायतका कुनै पनि कार्यक्रमहरु नगर्न सूचना जारी गरेका हुन्।

बिहीबार मात्र भारतभर १२७० जना ओमिक्रोनका सङक्रमित भेटिएका छन्। तीमध्ये नयाँ दिल्लीमा मात्र ३२० जना पाइएका छन्। त्यसपछि धेरै मुम्बईमा पाइएका छन्।

यसरी प्रत्येक दिन ओमिक्रोन भेटिन थालेपछि सरकारले सार्वजनिक स्थलहरुमा हुने विविध कार्यक्रमहरुमा प्रतिबन्ध लगाएको बताइएको छ। भारतको राजधानी नयाँ दिल्ली तथा आर्थिक राजधानी मानिने भारतीय ठूलो सहर मुम्बर्इमा नयाँ वर्षका कार्यक्रमहरुको आयोजना गरिएको र त्यसका कारण झन् संक्रमण बढ्ने आशंका गरेका कारण सरकारले सार्वजनिक स्थलमा जमघट हुने र नयाँ वर्षका कार्यक्रमहरु गर्ने काममा प्रतिबन्ध लगाएको हो।

दिल्ली सरकारले यसअघि नै रातिमा कफ्र्यु नलगाइने तर मानिसहरु जमघट हुने र समारोहहरु गर्ने काममा प्रतिबन्ध लगाइएको जनाएको छ। नयाँ दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले गत साता मात्र यहाँ प्रत्येक दिन कम्तीमा पनि १५० जना मात्र संक्रमित पाइएकोमा हिजोआज दिनहुँ हजारभन्दा बढी संक्रमित भेटिएका बताए।

प्रकाशित मिति: १२:३० बजे, शुक्रबार, पुस १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्