खराब मौसमका कारण बन्द भएको विमानस्थल खुल्यो
काठमाडौं, पुस १६ : प्रतिकुल मौसमका कारण शुक्रबार बिहानदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ११ बजेपछि खुलेको छ। भिजिबिलिटी न्यून रहेका कारण आकाशमै...
काठमाडौं, पुस १६ : प्रतिकुल मौसमका कारण शुक्रबार बिहानदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ११ बजेपछि खुलेको छ। भिजिबिलिटी न्यून रहेका कारण आकाशमै होल्ड भएका विमानहरु मौसम खुलेपछि अवतरण गरेका हुन्।
अन्तर्राष्ट्रिय उडानतर्फ दोहा र दुवईबाट आएका ४ विमानले अवतरण गरेका छन् भने आन्तरिक उडानतर्फ पोखरा, भद्रपुर र विराटनगरका लागि उडान सुरु भएको छ ।
आज बिहान बाक्लो हुस्सुका कारण भिजिबिलिटी दर शून्य अवस्थासम्म पुगेका कारण विमानस्थल बन्द रहेको थियो। विमानस्थल बन्द हुँदा ४ विमानलाई भारत र बंगलादेशका एयरपोर्टमा डाइभर्ट गरिएको थियो।
आकाशमै इन्धन सकिन लागेपछि ३ वटालाई बंगलादेशको ढाका एयरपोर्ट एक विमानलाई कलकत्ता डाइभर्ट गरिएको थियो । कुवेतबाट आएको जजिरा एयरका २ विमान र दमामबाट आएको हिमालयन एयरको १ विमानलाई ढाकामा अवतरण गरेका छन् भने फ्लाई दुवईको विमान कलकत्ता एयरपोर्ट डाइभर्ट भएको हो।











