बढ्यो सुनचाँदीकाे मूल्य
काठमाडौं, पुस १६ : सुनचाँदी बजारमा साताको अन्तिम कारोबारदिन छापावाल सुनको मूल्य प्रतितोला ६०० ले उकालो लागेको छ। अधिल्लो दिन प्रतितोला रु ९२ हजार...
काठमाडौं, पुस १६ : सुनचाँदी बजारमा साताको अन्तिम कारोबारदिन छापावाल सुनको मूल्य प्रतितोला ६०० ले उकालो लागेको छ। अधिल्लो दिन प्रतितोला रु ९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ९२ हजार ७०० तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार २०० छ जुन बिहीबार प्रतितोला रु ९१ हजार ६०० थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले बढेर रु एक हजार २६० पुगेको महासङ्घले जनाएको छ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबारका मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१८ डलर आसपास कारोबार भइरहेको छ।
प्रकाशित मिति: ११:५३ बजे, शुक्रबार, पुस १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











